
अमृत तामाङ
धादिङ भाद्र १२ । साफ यु–१५ च्याम्पियनसिप लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटान ६ ले जित पराजित गरेको छ ।
पश्चिम बंगालस्थित कल्याणी स्टेडियममा बिहीबार भएको खेलमा भुटानलाई ६ गोलले हराउँदै फाईनल नजिक पुगेको हो ।
खेल सुरुभएको पाँचौं मिनट मै प्रदिप लम्सालले पहिलो गोल गरेका भने नवौं मिनेटमा निराजन खत्रीले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप चार गोल गरेको थियो ।
दोस्रो हाफ शुरु भए लगतै ४८ औं मिनटमा कप्तान लम्सालले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि तेस्रो गोल गरे । खेलमा एकपक्षिय जित हात पारेको नेपालका लागि ७५ औं मिनेटमा असिम राईले चौथो गोल गरे भने ८५ औं मिनेटमा कृष सापकोटाले पाँचौं गोल गरे ।
नेपालले अब फाइनल प्रवेशका लागि आज नै अपरान्ह ३१५ बजेदेखि शुरु हुने आयोजक भारत र बंगलादेशबीचको खेलको नतिजा पर्खनु पर्नेछ । त्यो खेलमा कम्तीमा ४ गोलको अन्तरमा विजयी भएको खण्डमा बंगलादेश फाइनल पुग्नेछ । त्यो भन्दा कम अन्तरको जित, बराबरी वा बंगलादेशको हारमा नेपाल फाइनल पुग्नेछ । भारत भने तीन खेल जितेर यसअघि नै फाइनल पुगिसकेको छ ।

