धुनिबेसीका अच्यूत केसी रक्तचन्दनको तेल सहित पक्राउ

Avatar photo
Dhadingpost
भदौ ४, २०७६

धादिङ भाद्र ४ । धादिङको धुनिबेसी गाउँपालिका वडा नं. ३ का ५३ वार्षिय अच्युत केसी रक्तचन्दनको तेल सहित पक्राउ परेका छन् ।

विशेष सुराकीका आधारमा प्रहरीले चेकजाँचको क्रममा नुवाकोट बेलकोटगढी निवासी सुजन पौडेल, सिन्धुपाल्चोकका जीत लामा सहित उनी रक्तचन्दनको तेल सहित पक्राउ परेका हुन् ।

काठमाडौं नयाँबजारबाट पक्राउ परेको उनीहरुको साथबाट ४५ लिटर रक्तचन्दनको तेल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

जीत लामाको कोठामा ल्पाष्टिकको बोराले छोपेर राखिएको अवस्थामा सिल्भरको गाग्रीमा ४५ लिटर रक्तचन्दनको तेल फेला परे सँगैं उनीहरुलाई अनुसन्धानको लागि हिरासदमा राखिएको प्रहरीले जनाएको छ ।