बेल्खु खोलाबाट एक्साभेटर नियन्त्रण

Avatar photo
Dhadingpost
भदौ २, २०७६

धादिङ भाद्र २ । धादिङको गजुरी गाउँपालिका ८ वेलवोटे स्थित वेल्खु खोलामा अवैध बालुवा उत्खनन् गरि रहेको एक्साभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।

वेल्खु खोलामा अवैध रुपमा एक्साभेटर प्रयोग गरी गिट्टी वालुवाको उत्खनन भई रहेको छ भन्ने सुचनाको आधारमा प्रहरीले HYUNDAI कम्पनीको Robex SMART 220L लेखिएका एक्साभेटर र चलाकलाई नियन्त्रणमा लिएको हो ।

गजुरीको दरियालखोलामा दुई जनाको ज्यान जाने गरि अवैध रुपमा संचालनमा ल्याईएको स्काभेटर स्थानियले आगजनी गरे पछि खोलामा एक्साभेटर लगाउन केहि कमि आएको बताईए पनि सोमबार प्रहरीले एक्साभेटर र चालक राकेश श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो ।