फोटो पत्रकार समुह ३ नम्बर प्रदेशको अध्यक्षमा सिलवाल

Avatar photo
Dhadingpost
भदौ २, २०७६

धादिङ भाद्र २ । अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा धादिङबेसीमा भएको राष्ट्रिय फोटो पत्रकार समुह नेपाल ३ नम्बर प्रदेशको अध्यक्षमा धादिङका नारायण सिलवाल चयन भएका छन् ।

राष्ट्रिय फोटो पत्रकार समुह नेपालका केन्द्रिय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा भएको उक्त प्रथम अधिवेशनबाट यस अघि धादिङ जिल्लाको अध्यक्षमा रहेर काम गरि सकेका सिलवाल अध्यक्षतामा चयन भएका हुन् ।

यस्तै ३ नम्बर प्रदेश समितिको उपाध्यक्षमा सुदिप सिवाकोटी, सचिवमा राजन अधिकारी र कोषध्यक्षमा लोकेश लिम्बु सदस्यहरुमा कपिल खड्का, राजेन्द्र आचार्य, राजेन्द्र गजुरेल चयन भएका छन् ।

अधिवेशनले हरिहर सिंह राठौर र गिरिजा अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।

अध्यक्षमा निर्वाचित भए सँगै अध्यक्ष नारायण सिलवालले प्रदेशभित्र रहेका प्रत्यक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समुह गठन गरिने र फोटो पत्रकारहरुको लागि क्षेमता अभिबृद्धिका लागि तालिम चलाईने बताए ।