
धादिङ साउन २२ । जमराको जुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ । जसले कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न सघाउँछ ।
जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्छ। तर क्यान्सर नै सञ्चो भएको प्रमाण चाहिँ छैन ।
जमराको जुसले कलेजोको सुरक्षा गर्छ। कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ। जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ ।
जमराको जुसमा मानव शरीरलाई चहिने प्रायः जसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ । यसका अलवा जुस प्रोटिन र एमिनो एसिडले भरिपूर्ण हुन्छ ।
जमराको ११ फाईदा
१. यो प्राकृतिक रुपले सवोर्त्तम पोषक हो तथा पोषणको कमिले हुने बिरामीहरुलाई हटाउन यो सहायक हुन्छ ।
२. यसमा प्राकृतिक एण्टिअक्सिडेण्ट प्रयात्त हुन्छ । यसले सास र पसिनाको दुर्गन्ध हटाउछ सकष्ट र तनाव दुर गर्न मदत गर्छ ।
३. रगतको शुध्दिकरण तथा होमोग्लोबिन बनाउनमा सहायक हुनाले एनीमिया (रक्ताअल्पता) र थ्यालीसिमीयाको उपचार सार्थक हुन्छ ।
४. यसले पाचन तन्त्र सम्बन्धी बिरामीहरु जस्तै: कब्जियतस एसिडिटीस अल्सरस हर्सास मधुमेह र मृगौलाका बिकारहरुलाई रोक्नमा मदत गर्छ ।
५. प्राकृतिक प्रतिरोधक क्षामतालाई सशक्त पार्न सहायक हुन्छ ।
६. यो प्रभावी शक्ति वर्धक तथा उत्साह वर्धक हुन्छ। यौवन कायम राख्न तथा यौन जिवन अझ राम्रो बनाउन सहयोग गर्छ ।
७. त्वचा रोग जस्तै: दाद सडण्डिफोरस एक्जिमा आदिलाई निको पार्न मदत गर्छ । र त्वचालाई चम्किलो र निरोगी बनाउछ ।
८. शरिरका कोशिका हरु केसस फोक्सोस हृदयस मृगौलास मांसपेशिहरु अनि दाँतलाई बलियो बनाउछ ।
९. क्यान्सरस रक्तचापस मासिक समस्या हरुस पक्षाघातस रक्त क्यान्सरस दमको रोग र अनिद्रा जस्ता अनेक रोगको उपचार मा यसले मदत गर्छ ।
१०. सहि आहार लिएर ओजन घटाउन वा बढाउन दुबैमा यो प्रभाबकारि हुन्छ ।
११. व्हिट ग्रास पाउडर दुधमा मिसाएर बनाईएको लेप त्वचामा लगाउनाले दाद र डढेको दागहरु हराउछ र अनुहार चम्किले बनाउछ ।

