पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला

Avatar photo
Dhadingpost
साउन २१, २०७६

चितवन साउन २१ । नुवाकोट घरभएका पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

चितवनको पोखरा जाने बसपार्क स्थित कंगारु होटेलको २०२ नं कोठामा झुण्डिएको अवस्थामा शालिकराम पुडासैनी मृत भटिएका हुन् ।

चितवनका एसपी दान बहादुर मल्लका अनुसार सोमबार दिउँसो करिब ३ बजे काठमाडौंबाट आएका पुडासैनी सो होटलको २०२ नं कोठामा बास बसेका थिए ।

साँझको खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र उनी नबोले पछि राती १० बजे प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी कोठाको पंखामा झुण्डिएको अवस्थामा फेला परेको एसपी मल्लले जानकारी दिए ।

एउटा खुट्टा खाटमा र एउटा खुट्टा झुण्डिएको अवस्थामा पुडासैनीको शव भेटिएको छ । पुडासैनी झुण्डिएको डोरी भुइँमा समेत लतारिएको छ । उनी दुइवटा खाटको बीचमा टेबुल राखेर पंखामा पासो लगाउन पुगेको जस्तो पनि देखिन्छ यद्यपी एउटा खुट्टा खाटमा टेकिइरहेको अवस्था हेर्दा कसैले झुण्डाएको हो कि भन्ने शंका गर्ने ठाउँसमेत रहेको छ ।