कारागारमा कैदीबीच कुटाकुट, एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
साउन १७, २०७६

काठमाडौं साउन १७ । ललितपुर स्थित नख्खु कारागारमा कैदीबीच कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ ।

शुक्रबार दिउँसो दुईजना कैदबीच कुटाकुट हुँदा पूर्णबहादुर राजीको मृत्यू भएको प्रहरीले जनाएको हो ।

कैदी पवनकुमार महतोले आक्रमण गर्दा घाइते भएका पूर्णबहादुरलाई उपचारका लागि वीर अस्पताल लगिए पछि ज्यान गएको हो ।

नख्खुमा नेत्रविक्रम चन्द विप्लवका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश वली र केन्द्रीय सदस्य माइला लामालाई पनि राखिएको छ ।