
धादिङ साउन १४ । बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी (हरि) ले सत्य तथ्य बुझेर मात्र समाचार लेख्न आग्रह संचार माध्यामहरुलाई आग्रह गरेका छन् ।
गत सोमबार “बेनिघाट रोराङ गाउँपालिका मा इन्धनको नाममा ब्रम्हलुट, अध्यक्ष डल्लाकोटी लाई २० लाखको इन्धन” भनेर एक अनलाईनले समाचार प्रकाशित गरे सँगै प्रमुख डल्लाकोटीले गाउँपालिकाको वेव साईटमा सूचना जारी गर्दै उक्त समाचार झुट भएको बताउँदै समग्र संचार माध्यमलाई समेत सत्य तथ्य बुझेर मात्र समाचार लेख्न आग्रह गरेका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन्
१ थान ब्यकहो लोडर, १ थान ट्रीपर, २ थान स्कार्पियो र ७ थान मोटरसाइकल भएको र उक्त सवै सवारीसाधन हरुमा प्रयोग हुने इन्धन हरुको साथै यस गाउँपालिका मा पर्ने पृथ्वीराजमार्ग को १५ मिटर सफाइको क्रम मा भएको इन्धन खर्च तथा गाउँपालिका भित्र सुरक्षा, स्वास्थ्य तथा शिक्षा का विभिन्न गतिबिधी हरुमा भएका इन्धन खर्च समेत एकमुष्ट इन्धन शिर्षकबाट खर्च लेखिएको साथै कार्यलयमा भएको सम्पुर्ण सवारीसाधनको मर्मत संहार, सर्भिसिङ लगाएतमा भएको खर्चलाई समेत यथार्थ नबुझी अध्यक्षको ब्रम्हलुट भनिएको बताएका छन् ।
विज्ञप्ती जस्ताको तस्तै


