विमान स्थलमा रोकिएकी हुमि, अल्ट्रा दौडमा प्रथम

Avatar photo
Dhadingpost
साउन १२, २०७६

काठमाडौं साउन १२ । जापानमा जुलाई २८ मा भएको Mt.TAISETSU TRAIL JOURNEY प्रतियोगितामा भाग लिन साउन ७ गते त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल पुगेकी हुमि बुढा मगरलाई जाने आउने एउटै एयरलाइन्सको टिकट हुने पर्ने भन्दै रोकियो ।

जाने र आउने फरक फरक एयरलाइन्सको टिकट भएको कारण आफु खेलको लागि जापान जान रोकिएको र घर फर्किएको कुरा आफ्नो प्रशिक्षक धादिङका ध्रुव विक्रम मल्ललाई जानकारी गराईन् ।

तत्काल गुरु मल्लले विमान स्थलमा सम्पर्क गरे, फरक फरक एयरलाइन्सको टिकट भएकोले रोकिएको प्रतिकृया पाए ।

खेल उत्सुकता र जीतको अभिलासा सेलाएर घरमा बसेकी हुमि बुढामगरलाई मल्लले साउन १० गते जाने आउने एउटै एयरलाइन्स टिकट मिलाएर जापान पठाएका थिए ।

आफ्नो मेहेनत र प्रतिभा छेकेर छेकिन्न सप्ठ्यारो र अफ्ठ्यारो मात्र हो, आखिर हुमि बुढा मगरले आफ्नो मात्र नाम नभै नेपाल कै नाम राखेर प्रतियोगिता जितिन् । बालाजु कराँते-डो प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका ध्रुव विक्रम मल्लले धादिङपोष्टलाई बताए ।

जुलाई २८ मा भएको Mt.TAISETSU TRAIL JOURNEY ४० किलो मिटर अल्ट्रा दौड प्रतियोगितामा हुमि बुढा मगर ५ घण्टा ३२ मिनेट २५ सेकेन्डमा तोकिएको ४० किलो मिटर दुरी गर्दै प्रथम भएकी हुन् । यस अघि उनी २४ नोभेम्बर २०१८ Hong Kong मा भएको 50 KM (FTGR SUMMITS TRAIL CHALLENGE प्रतियोगितामा समेत प्रथम भएकी थिईन् ।