म्हेन्दोमायाँ धादिङको अध्यक्षमा सन्दिप स्याम्चेन

Avatar photo
Dhadingpost
साउन ११, २०७६

धादिङ साउन ११ । धादिङ खनियाबास गाउँपालिका झार्लाङका सन्दिप स्याम्चेन म्हेन्दोमायाँ कलाकार संघ धादिङको अध्यक्षमा चयन भएका छन् ।

शनिबार धादिङबेसीमा सम्पन्न भेलाले म्हेन्दोमायाँ कलाकार संघ धादिङको ११ सदस्यीय कार्य समितिको अध्यक्षमा सन्दिप स्याम्चेन चयन भएका हुन् ।

भेलाले प्रथम उपाध्यक्षमा विकल तामाङ, द्वितिय उपाक्ष्यमा मायाँ थोकर, सचिवमा मेलिना लामा तामाङ, सह सचिवमा मोहनलिङ तामाङ र कोषध्यक्षमा टिकामायाँ तामाङलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा मिना तामाङ, दिलकुमार तामाङ, मनोज तामाङ, श्रृष्टि तामाङ र दिप थोकर तामाङ चयन भए ।

म्हेन्दोमायाँ कलाकार संघका केन्द्रिय अध्यक्ष राजकिङ वाईवाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा वाईवा समाजका केन्द्रिय अध्यक्ष विगेन्द्र वाईवा तामाङ, म्हेन्दोमायाँको केन्द्रिय संरक्षक मर्नेम वाईवा, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।

(धादिङपोष्टका लागि फोटो सौजन्य सुकलामा तामाङ)