
अमृत तामाङ
धादिङ साउन ९ । धादिङको अन्तर माध्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको उपाधी बेनिघाट रोराङ गाउँपालिका स्थित शंखादेवि मावि मझिमटारले जितेको छ ।
जिल्ला फुटबल संघ धादिङको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा भएको उक्त Kwiks Cup धादिङको माध्यामिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिताको उपाधी शंखादेवि मावि मझिमटारले जितेको हो ।
साउन ४ गतेबाट सुरुभएको यस प्रतियोगितामा अपराजित हुँदै बेनिघाट रोराङ गाउँपालिकाका दुई विद्यालयहरु बागेश्वरी मावि मलेखु र शंखादेवि मावि मझिमटार फाईनल पुगेका थिए ।

अत्यन्त कडा प्रतिस्पर्धा भएको फाईनल खेलको पहिलो गोल बागेश्वरी माविका जर्सी नम्बर ११ का बाबुराम गुरुङले पहिलो हापमा गरेका थिए ।
दास्रो हापमा शंखादेवि माविका जर्सी नम्बर ४७ का मनिश सारुमगरको २ गोल गरेका थिए । खेल सकिन मात्र केहि मिनेट बाँकी रहँदा शंखादेविका खेलाडीले पेनाल्टी एरियामा फल गरेपछि पेनाल्टीको सदुपयोग गरी बागेश्री माविका जर्सी नम्बर ४ का गौरब गुरुङले खेललाई बराबरीमा रोकेका थिए ।
निर्धारित समय सकिए पछि पेनाल्टी सुट आउटमा गएको उक्त फाईनल खेलमा ३-१ को गोल अन्तरले शंखादेवि मावि विजयी भएको थियो ।
यस्तै छात्रा तर्फको उपाधी भने चन्द्रोदय मावि विशालटारलाई हराउँदै आदर्श मावि गजुरी प्रथम भएको छ ।
आदर्श मावि गजुरीको छात्रा १८ नम्बर जर्सीमा खेलेकी रितु घलेले २ गोल गरेकि थिईन भने चन्द्रोदय माविले गोल गर्न नसकि उप विजेतामा सिमित बन्न पुग्यो ।
पुरस्कार वितरणमा समारोहका प्रमुख अतिथि गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले खेलकुदलाई सक्दो सहयोग गर्ने बताएका थिए । उनले गलौदी खेल मैदानलाई व्यवस्थित र खेल मैत्री बनाउनको लागी २ करोड विनियोजन गरिएको बताउँदै दशै लग्गतै काम अगाडी बढ्ने बताएका थिए ।

यस्तै फाईनलको विजेता र उपविजेता नै बेनिघाट रोराङ हुने निश्चित भए पछि बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्तबहादुर डल्लाकोटी समेत खेलाडीलाई प्रत्साहित गर्न फाईलन खेल अवलोकनको लागि पुगेका थिए । उनले फाईनल खेल मा विजयी हुने टिमलाई व्यक्तिगत नगद १० हजार प्रदान गरेपछि खेल झनै रोमान्चक बनेको थियो ।
पुरस्कार वितरण कार्यक्रमका विशेष अतिथि रहेका बेनिघाट रोराङ गाउँपालिका प्रमुख डल्लाकोटीले धादिङका खेलकुदले नयाँ फड्को मार्ने बताउँदै बेनिघाट गाउँपालिकाका राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन डिपिआर सकिएको बताएका थिए ।
जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले धादिङका स्थानिय तह सँग सहकार्य गरि खेलाडी उत्पादनमा सहयोग गर्न तयार रहेको भन्दै खेलकुदलाई जनप्रतिनीधिहरुले भाषणमा उद्घोष गरिए जस्तै खेलकुद विकासका लागि वजेट विनियोजन नगरेको मा गुनासो व्यक्त गरेका थिए ।
संघको वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीद्वारा संचालित प्रतियोगिता समापन समारोहमा गजुरी गाउँपालिकाको उप प्रमुख सिता ढुङ्गाना, सहभागि विद्यालयका खेल शिक्षक, संचारकर्मीहरुको आतिथ्यता रहेको थियो ।
यस जिल्ला स्तरीय प्रतियोगिताबाट छनौट भएको खेलाडीलाई यहि आगामी १३ गतेबाट फुटबल संघ धादिङले तालिम गराई प्रदेश स्तरिय फुटबलमा सहभागि गराउने र प्रदेशमा समेत छनौट भए केन्द्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने संघका महासचिव रामहरि थापाले बताए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी
छात्रा तर्फ
उत्कृष्ट डिफेन्स संगिता तामाङ (आदर्श मावि)
उत्कृष्ट किपर सुजना चेपाङ (चन्द्रोदय मावि)
उत्कृष्ट मिडफिल्डर रितु घले (आदर्श मावि)
उत्कृष्ट स्ट्राईकर रविना दुरा (आदर्श मावि)
छात्र तर्फ
उत्कृष्ट डिफेन्स अर्जुन मगर (शंखादेवि मावि)
उत्कृष्ट किपर उपहार चेपाङ (शंखादेवि मावि)
धेरै गोलकर्ता मनिश सारुमगर (शंखादेवि मावि)
उत्कृष्ट टुर्नामेण्ट आयुष गिरी (शंखादेवि मावि)
उत्कृष्ट स्ट्राईकर रोशन मगर (बागेश्वरी मावि)
उत्कृष्ट मिल्ड फिल्डर प्रशान्त ठकुरी (बागेश्वरी मावि)
यस अघिका समाचार
बेनिघाट राेराङका दुई विद्यालय फाईनलमा
गलौंदीमा फुटबल प्रतियोगिता जारी
धादिङमा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता जारी
खेलकुदमा राजनिती र भ्रष्टाचारकाे प्रवेष घातक
अन्तर विद्यालय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
विद्यालय स्तरीय फुटबल प्रतियोगिता स्थगित
जिल्ला स्तरीय अन्तर मावि छात्रा छात्र फुटबल प्रतियोगिता हुँदै

