
धादिङ साउन ६ । नेपाली दुतावास बेल्जियम र एनआरएनए बेल्जियमको आयोजनामा जुलाई २७ को दिन नेपाल महोत्सव २०१९ हुने भएको छ ।
नेपाल भ्रमण वर्ष 2019 लाई सफल बनाउन आयोजना गरिएको उक्त नेपाल महोत्सवमा बालुवाद्वारा चित्र बनाउने नेपालकै पहिलो चित्रकार प्रकाश थापा (डि. बी. थापा) द्वारा सृजना गरीएका चित्रहरु प्रदर्शन हुनेछन् ।
एनआरएनए बेल्जियमका अध्यक्ष लोक दाहालका अनुसार महोत्सवले नेपाल भ्रमण वर्ष 2019 को प्रचार प्रसारलाई जोड दिने छ, भने बालुवाद्वारा निर्मित नेपाली चित्रकारको कलात्मक चित्रहरु समेत प्रर्दशनीमा राखिने छ ।
अध्यक्ष दाहालले उक्त बेल्जियममा रहेका सम्पूर्ण नेपालीहरुलाई उक्त कार्यक्रममा सहभागिता जनाई दिन समेत आग्रह गरेका छन् ।

