
धादिङ साउन ५ । जनयुद्ध सँग जोडिएको नाम हो माईला लामा हाल उनी प्रतिबन्धित नेकपा (विप्लव) सँग आवद्ध थिए ।
उनै प्रभावशाली युवा नेता माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लव नेकपाको उपत्यका ब्यूरो इन्चार्ज रहेका लामालाई काठमाडौंको काँडाघारीबाट प्रहरीले आइतबार मध्यराती पक्राउ गरेको हो ।
माइला लामासँगै डोलेन्द्र भट्टराई र रेशम तामाङ समेत पक्राउ परेका छन् ।
काठमाडौं सीतापाइलाका लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष हुन् । लामाले तत्कालीन माओवादी आन्दोलनमा थुप्रै क्रान्तिकारी गीत संगीतमार्फत् महत्वपूर्ण भूमिका खेलेका थिए । उनी जनयुद्धका घाइते समेत हुन् ।

