धादिङमा अन्तर विद्यालय स्तरीय फुटबल प्रतियाेगिता जारी

Avatar photo
Dhadingpost
साउन ४, २०७६

अमृत तामाङ
धादिङ साउन ४ । जिल्ला फुटबल संघ धादिङको आयोजना तथा चौधरी ग्रुपको प्रायाेजनमा आईतबारबाट सुरु भएकाे Kwiks Cup अन्तर माध्यमिक विद्यालय छात्र र छात्रा फुटबल प्रतियोगितामा आज चार वटा खेलहरु सम्पन्न भएका छन् ।

गजुरीकाे गलाैंदीमा जारी प्रतियाेगिताकाे साेमबार भएकाे पहिलाे खेलमा धादिङबेसी स्थित चिल्ड्रेनपार्क माविलाई धादिङबेसी कै बालमन्दिर माविले पेनाल्टी सुटआउटमा ३ का विरुद्ध ४ गाेल गर्दै विजयी बनेकाे छ ।

यस्तै दोस्रो खेलमा बागेश्वरी माविलाई गाेगनपानी माविले ० का विरुद्ध ३ गाेल गर्दै विजयी बन्याे ।

तेस्रो खेलमा जलेश्वरी मावि सलाङघाटलाई सुपप धार्केले २ का विरुद्ध ३ गाेल गर्दै विजयी बन्याे ।

दोस्रो दिनकाे अन्तिम खेल चन्द्राेेदय मावि विशालटारलाई आदर्श मावि गजुरीले २ का विरुद्ध ४ गाेल गर्दै विजयी बनेकाे जिल्ला फुटबल संघ धादिङका महासचिव रामहरि थापाले बताए ।