
अमृत तामाङ
धादिङ साउन ३ । धादिङको गजुरी गाउँपालिकाकाे उपप्रमुख सिता ढुङ्गानाले खेलकुदमा राजनीति र भ्रष्टाचारले प्रवेष पाउन नहुने बताएकी छिन् ।
धादिङको जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियाेगिताकाे उद्घाटन गर्दै खेलकुदकाे विकासका लागि राजनिती र भ्रष्टाचारकाे प्रवेष घातक रहेकाे बताएकी हुन् ।

आफु नियममित फुटबल हेर्ने गरेकाे बताउँदै विश्वकपमा क्रोशियाकाे समर्थक समेत रहेकाे ढुङ्गानाले बताईन् । नेपालले क्रोशियाबाट धेरै सिक्नु पर्ने बताउँदै २० लाख जनसंख्या रहेकाे त्याे देशले विश्वकप फाईनल खल्याे भने नेपाल किन पछाडि पर्ने हामी पनि विश्वकप खल्न सक्छाै त्यसका लागि राज्यकाे लगानी सँगै खेलाडीहरुले मेहनत हुनुपर्ने समेत उनले बताईन् ।
जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष रमेश अधिकारीकाे सभापतित्वमा भएकाे उक्त उद्घाटन सत्रकाे संचालन महासचिव रामहरि थापाले गरेका थिए ।

धादिङ फुटबल संघको आयोजना तथा चौधरी ग्रुपको प्रायाेजनमा आज देखि सुरु भएकाे Kwiks Cup अन्तर माध्यमिक विद्यालय छात्र र छात्रा फूटबल प्रतियोगितामा १९ वटा विद्यालयले भाग लिएका छन् ।
आज भएकाे पहिलाे दिनकाे खेलमा न्यु किबाे बाेर्डिङ धादिङबेसीलाई बागेश्वरी मावि मलेखुले ० का विरुद्ध २ गाेल गर्दै विजयी बनेकाे छ ।
यस्तै पहिलाे दिनकाे दोस्रो खेलमा पिपलभन्ज्याङ मावि ताल्तीलाई शंखादेवि मावि मझिमटारले ० का विरुद्ध २ गाेल गर्दै विजयी बन्याे ।
त्यस्तै तेस्रो खेलमा महाकालि मावि सिम्लेलाई भुमेश्वरी मावि धार्केले २ का विरुद्ध ४ गाेल गर्दै विजयी बन्याे ।

अत्यन्तै प्रतिस्पर्धा भएकाे पहिलाे दिनकाे अन्तिम खेल पेनाल्टीमा गएर सकिएकाे थियाे । जसमा मछिन्द्र मावि खानीखाेलालाई धादिङबेसी स्थित एड्भान्स एकेडेमीले ३ का विरुद्ध ४ गाेल गर्दै विजयी भयाे ।
खेल गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा जारी उक्त प्रतियाेगितामा हार्ने टिम नक आउट हुने जिल्ला फुटबल संघ धादिङका महासचिव थापाले बताए ।

