
अमृत तामाङ
धादिङ साउन २ । धादिङ जिल्ला स्तरिय अन्तर माध्यामिक विद्यालय स्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
धादिङ फुटबल संघको आयोजना तथा चौधरी ग्रुपको प्रायोजनमा शनिबार (साउन ३) गते देखि हुने Kwiks Cup अन्तर विद्यालय छात्र र छात्रा फूटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको हो ।
धादिङका विभिन्न १९ विद्यालयका विद्यार्थीहरुले भाग लिने उक्त प्रतियोगिता असार २८ गते देखि सुरु हुने भनिए पनि अविरल वर्षाको कारण साउन ३ गतेबाट हुने गरि स्थगित भएको थियो ।
छात्रा फुटबलको टिम दर्ता गर्ने समय बाँकी नै रहेको धादिङ फुटबल संघका महासचिव रामहरि थापाले बताए । Kwiks Cup अन्तरगत विद्यालय छात्ररछात्रा फुटबल प्रतियोगिता-२०७६ नाम दिएको उक्त प्रतियोगिता, जिल्ला स्तरीय छनौट प्रतियोगिता हो, प्रदेश हुँदै केन्द्रको लागि समेत छनौट खेल हुने हुनाले विद्यार्थीका लागि महत्व पूर्ण रहेको समेत महासचिव थापाले बताए ।
खेल गजुरी गाउँपालिका स्थित गलौंदी खेल मैदानमा हुने छ ।
यस्तो छ, खेल तालिका
साउन ३ गते
९ः३० बजे– बागेश्वरी मावि VS न्यू किबो बोर्डिङ धादिङबेसी
२ः३० बजे- पिपल भञ्ज्याङ मावि ताल्ती VS शंखादेवि मावि मझिमटार
३ः३० बजे- भुमेश्वरी मावि धार्के VS महाकाली मावि सिम्ले
४ः३० बजे- एड्भान्स एकेडेमी धादिङ VS मछेन्द्र मावि खानीखोला
साउन ४ गते
बिहान ८ः०० बजे– चिल्ड्रेनपार्क मावि धादिङबेसी VS बालमन्दिर मावि धादिङबेसी
बिहान ९ः३० बजे– गोगनपानी मावि गोगनपानी VS बागेश्वरी मावि बैरेनी
दिउँसो ३ः०० बजे– बजे सुपर क्यलिटी एकेडेमी धार्के VS जलेश्वरी मावि सलाङघाट
दिउँसो ४ः३० बजे- चन्द्रोदय मावि विशालटार VS आदर्शमावि गजुरी
साउन ५ गते
बिहान ८ः०० बजे- महाकाली मावि पिपलटार VS ब्राईट फ्यूचर मावि मलेखु


