जिल्ला स्तरीय अन्तर मावि छात्रा छात्र फुटबल प्रतियोगिता हुँदै

Avatar photo
Dhadingpost
असार २७, २०७६

अमृत तामाङ
धादिङ असार २७ ।
धादिङ फुटबल संघको आयोजना तथा चौधरी गूपको प्रायोजनमा असार २८ गते शनिवार देखि Kwiks Cup अन्तर विद्यालय छात्र / छात्रा फूटबल प्रतियोगिता हुने भएको छ ।

गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा हुने उक्त प्रतियोगिताका लागि टिम दर्ता समय असार २७ गते बिहान १२ बजे सम्म लाई राखिएको आयोजक संघले जनाएको छ ।

Kwiks Cup अन्तरगत विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता २०७६ नाम दिएको उक्त प्रतियोगितामा सरकारी विद्यालयहरुमा वर्खे विदा भैसकेपनि विद्यार्थीहरुलाई सहभागि गराईदिन जिल्ला फुटबल संघ धादिङका अध्यक्ष दिपक खतिवडाले आग्रह गरि सकेका छन् ।

छनौट जिल्ला स्तरीय छनौट प्रतियोगिता हो, प्रदेश हुँदै केन्द्रको लागि समेत छनौट खेल हुँने हुँनाले रुची राख्ने छात्रा/छात्रहरुलाई खेलमा सहभागिता जनाउन अध्यक्ष दिपक खतिवडाले बताए ।Photo:The Himalayan Times