बेनिघाट राेराङमा वडा सदस्यलाई गाेली प्रहार

Avatar photo
Dhadingpost
असार १९, २०७६

धादिङ बेनिघाट राेराङ असार १९ । धादिङको वेनीघाट रोराङ गाउँ पालिका वडा नं. ८ का वडा सदस्य राम्जी चेपाङ गोली लागि गम्भीर घाईते बनेका छन् ।

रापती नगरपालिका वडा नं. १३ चितवन स्थायी घर भएका इन्द्र कुमार चेपाङले गोली प्रहार गरेकाे गाेली लागि राम्जी चेपाङ बुधबार साँझ गम्भीर घाईते भएकाे स्थानियहरुले बताएका छन् ।

गोली प्रहारबाट चेपाङको टाउकोमा गम्भिर चोट लागेकाेेेले काठमाडौँ स्थित नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको गाउँ पालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताए ।

इन्द्र बहादुर चेपाङले एक महिना पहिले कान्दामा २ विद्यार्थीलाई बलात्कार गरी फरार थिए ।

ओडारमै बस्ने ओडारमै खाने चेपाङलाई प्रहरीले खोज तलास गर्दा उनी बस्ने ओढार पत्ता लागेको तर व्यक्ति फेला पार्न सकेको थिएन ।

फरार अभियुक्तलाई खोजीकार्यका लागि इलाका प्रहरी कार्यालय गजुरी र जिल्ला प्रहरी कार्यालय धादिङको टोली परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले जानकारी दिए ।