
काठमाडौं असार ७ । नेपालमा क्रिस्चियन लगानी बर्सेनि बढ्दै गएको छ । क्रिस्चियनसँग जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थामार्फत नेपालमा यो वर्ष १ अर्ब ९९ करोड रुपैयाँ खर्च भएको छ । आर्थिक वर्ष २०७६र७७ को तुलनामा यो दोब्बरले बढेको हो ।
आर्थिक वर्ष २०७६र७७ मा ती संघसंस्थाले यस क्षेत्रमा ३ अर्ब ९३ करोड रुपैयाँ लगानी गर्दै छन् । आगामी पाँच वर्षभित्रमा क्रिस्चियनसँग जोडिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले ८ अर्ब ५४ करोड १२ लाख १८ हजार रुपैयाँ खर्च गर्ने गरी नेपालमा परियोजना सञ्चालन गर्ने भएका छन् । विशेष गरी चीनसँग सीमा जोडिएको जिल्लामा ती गैरसरकारी संस्थाले शिक्षा, स्वास्थ्य र उद्यमशीलता कार्यक्रमको नाममा बढी लगानी गरेका छन् ।
भूकम्पपछि पुनर्निर्माण र आवास, महिला बालबालिकासँग सम्बन्धित कार्यक्रममा ती रकम खर्च हुने भएका छन् । सबै संघसंस्थाले नेपाल सरकार र समाज कल्याणमार्फत स्वीकृत लिएर काम गरिरहेका छन् ।
यो वर्ष क्रिस्चियन संघसंस्थाको सहयोगमा कार्यक्रम तथा आयोजना सञ्चालन भएका जिल्लामा चितवन, रूपन्देही, बाँके, कञ्चनपुर, कैलाली, काठमाडौं, महोत्तरी, धनुषा, नवलपरासी, कास्की, काभ्रपलाञ्चोक, धादिङ, झापा, सुनसरी, उदयपुर, सिन्धुली, प्युठान, इलाम, दाङ, गुल्मी र सुर्खेत छन् । संखुवासभा, बागलुङ, गोर्खा, तनहुँ, रोल्पा, सल्यान, दैलेख, डोटी, बैतडी, लम्जुङ, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, ललितपुर, जुम्ला, मुगु, मोरङ, भक्तपुर र कालिकोट रहेका छन् ।
क्रिस्चियन संघसंस्थाको कार्यक्रम धेरैजस्तो चीनको सीमाक्षेत्र जोडिएको ठाउँमा धेरै रहेको देखिन्छ । क्रिस्चियन आईएनजीओ कुनैले एउटा मात्र जिल्लामा, कुनैले २३ जिल्लामा कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएका छन् । हुम्ला, गोरखा, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, रसुवा, दोलखा, मुगुलगायतमा धेरै कार्यक्रम छन् । (निराजन पौडेलले राजधानी दैनिकमा यो समाचार लेखेका हुन् ।)

