धादिङका पत्रकारहरुले बुझाए हस्ताक्षर

Avatar photo
Dhadingpost
असार ६, २०७६

धादिङ असार ६ । मिडिया काउन्सिल विधेयकको विरोधमा धादिङका पत्रकारहरुले गरेको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाएका छन् ।

पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीकोे नेतृत्वमा जिल्ला प्रशासन पुगेका पत्रकारहरुले ३ दिनको अवधिमा संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेय मार्फत प्रधानमन्त्री समक्ष पेश गरेका हुन् ।

महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीले पत्रकारहरु आन्दोलनमा रहेको बताउदै, सरकारले मिडिया काउन्सिल विधेयक संसोधन गर्नुपर्नेमा बताउँदै अन्यथा पत्रकारहरु चौथो चरणको आन्दोलनमा जाने बताएका थिए ।

आज देशै भरिका पत्रकार महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रालय हुदै प्रधानमन्त्रीलाई हस्ताक्षण्र हस्तान्तरण गरिएको छ । (तस्वीरः नवराज छत्कुलीको फेसबुकबाट लिईएको हो)