
धादिङ असार ६ । धादिङ गल्छी गाउँपालिका स्थित द राईजिङ भिजेलका प्रिन्सिपल नवराज ओझा निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन केन्दीय सचिवालय सदस्यमा मनोनित भएका छन् ।
प्याब्सन धादिङका पूर्व अध्यक्ष एवम सल्लाहकार नवराज ओझा शैक्षिक गुणस्तर र व्यवहारिक शिक्षाका लागि संघर्षरत अभियान्ता समेत हुन्, उनी प्याब्सन कार्य सम्पादन समितिको वैठकबाट सचिवालयमा मनोनित भएका हुन् ।
फागुनमा सम्पन्न प्याब्सनको अधिवेशनबाट टिकाराम पुरीले नेतृत्व गरि रहेका छन् भने यो अधिवेशनबाट प्याब्सनमा सह-अध्यक्षको पद सिर्जना गरिएको थियो । जस अनुसार अध्यक्षको दावी गरेका डिके ढुंगानालाई सह(अध्यक्ष बने। यसअघि उनी संगठनमा वरिष्ठ उपाध्यक्ष थिए ।
त्यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र बाँनिया चुनिए । यसअघि उनी महासचिव थिए । अवदेखि सहअध्यक्ष अर्को कार्यकालकाम स्वत अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्ष पनि स्वत सह(अध्यक्ष हुने सहमति भएको थियो ।

