
एजेन्सी असार ५ । कोपा अमेरिका फुटबलमा अर्जेन्टिना रपाराग्वेले बराबरी खेलेका छन् । बिहीबार बिहान भएको खेलमा अर्जेन्टिना र पाराग्वे एक–एक गोल गर्दै बराबरी खेलेका हुन् ।
३७ औं मिनेटमा गोल गर्दै पाराग्वले पहिलो हाफमा १–० को अग्रता बनाउन सफल भयो । पाराग्वेका लागि रिचर्ड राफेस सान्सेजले गोल गरेका थिए ।
१–० ले पछि परेको अर्जेन्टिनाले ५४ मिनेटमा भीएआरका कारण पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई लियोनल मेस्सीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई खेलमा फर्काएका थिए । पाराग्वेका अल्बर्टो गोन्जालेजले पेनाल्टी मिस गरेपछि अग्रता बनाउन असफल भए ।
तालिकामा १ अंक जोडेको अर्जेन्टिना समूह बीको चौथो स्थानमा छ भने ६ अंक जोडेको कोलम्बिया शीर्ष स्थानमा छ । अबको खेलमा कोलम्बिायलो पाराग्वेलाई पराजित गर्दा अर्जेन्टिनाले कतारलाई हराए अर्जेन्टिना दोस्रो चरणमा पुग्ने छ ।

