
धादिङ असार २ । धादिङको सिद्धलेक गाउँपालिका किसानहरुलाई साना किसान सबलिकरण कार्यक्रम अन्तरगत आँप र लीचीको विरुवा वितरण गरिएको छ ।
सिद्धलेक गाउँपालिका, हेफर ईन्टरनेशनल नेपाल र प्रयास नेपालको साझेदारीमा परियोजना अन्तरगत महिला स्वबलम्बी समुहका सदस्यहरुलाई आईतबार बिरुवा वितरण गरिएको हो ।
प्रयास नेपाल धादिङका कार्यक्रम संयोजक ईश्वरी कोईरालाका अनुसार महिला समुहका प्रत्येक सदस्यलाई २ वटा आँप र २ वटा लीचीको बिरुवा प्रदान गरिएको थियो ।
कार्यक्रम पछिल्लो समयमा बनेका सिद्धलेक गाउपालिकाको वडा नं ३,६,७ को २/२ वटा र वडा नं १,२ र ५ का १/१ गरि ९ वटा समुहका सदस्यहरुलाई ५ सय आँप र ५ सय लीचीका बिरुवा बितरण गरिएको थियो ।

