जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
जेष्ठ ३१, २०७६

धादिङ जेष्ठ ३१ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन धादिङले आधारभूत तहको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

थाँक्रे स्थित ब्लुमिङ लोटस आवासीय मा विमा उक्त जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न भएको हो ।

“मेराे विद्यालय वातावरण” शीर्षकमा चित्र कोर्न लगार्ईको उक्त प्रतियोगितामा १६ वटा प्याब्सन सदस्य विद्यालयहरु सहभागी थिए ।

कार्यक्रममा ब्राइटफ्युचरका आदित्य बराकोटी प्रथम, एड्भान्स एकेडेमीका मौसम गुरुङ, रोजमेरीका सयुष गुरुङ र पाविल ईङ्ग्लिस स्कुलका समीर अर्याल द्वितीय भए भने ब्लुमिङ लोटस आधारभुत मा वि का स्वस्तिका घले तेश्रो भए । राइजिङ स्टारका सनधिका विसुराल पाविल इङ्लिस स्कुलका एन्जल थापा, सरस्वति चिल्ड्रेनपार्ककी कृति थापा मगर र रोजमेरी चाइल्डकेयरकी सुमित्रा भट्टराई सान्त्वना भएका थिए ।

एक विद्यालयबाट २ जना विद्यार्थी सहभागी भएका उक्त कार्यक्रममा विद्यालय तर्फ पाविल इङ्लिस मेडियम स्कुल प्रथम भयो भने ब्राइट फ्यूचर र रोजमेरी चाइल्ड केयर द्वितीय भए । ब्लुमिङ लोटस तेश्रो भयो भने राइजिङ भिलेज बैरेनी र सुनगाभा एकेडेमी सान्त्वना भए ।

प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्याब्सन केन्द्रीय कार्य समितिका सदस्य नवराज ओझाको प्रमुख आतिथ्यता रहेको थियो ।