
धादिङबेसी जेष्ठ २६ । धादिङबेसीमा जारी नीलकण्ठ नगरपालिकाको प्रथम मेयर कपको फुटबलमा धादिङ फुटसल र साङ्कोष A फाईनल पुगेका छन् ।
जेष्ठ २३ देखि जारी प्रथम मेयर कप अन्तर भएको फुतबल तर्फको खेलमा नीलकण्ठ नगरपालिका वडा नं.३ का सदस्य गोपी कृष्ण भण्डारीको कप्तानीमा रहेको धादिङ फुटसल क्लव र साङ्कोष A फाईनल पुगेका हुन् ।
धादिङ फुटसललाई फाईनल सम्म पुर्याउनको लागि पात्ले युवा क्लव विरुद्ध फरवार्ड विपिन कंडेल र होमबहादुर गुरुङल ले १-१ गोल गरे भने पात्ले युवा क्लवका स्टाईकरले आत्महाती गोल गर्दै फुटसललाई ३ गोल बनाउन मद्धत गरेका थिए । धादिङ फुटसलले राष्ट्रिय स्तरका खेलाडी सँगै आईभेरीकोष्ट (विदेशी) का खेलाडी अब्दुल आजेजलाई मैदानमा उतारेको छ ।
यस्तै क्वाटर फाईनलमा गजुरीलाई हराउँदै सेमी फाईनल प्रवेस गरेका धादिङबेसी स्थित एड्भान्स क्लवलाई ३ गोलले हराउँदै साङ्कोष A फाईनल पुगेको छ । साङ्कोष A लाई फाईनल सम्म पुर्याउन A डिभिजनमा खेलेका सुरज ठकुरीको सहयोगमा किरण चौधरी, प्रकाश क्षेत्री र श्रीकृष्ण श्रेष्ठले गोल गरेका थिए ।

नीलकण्ठ नगरपालिकोको आयोजनामा धादिङबेसी स्थित न्यू किबो बोर्डिङको व्यवस्थापनमा भएको यस प्रतियोगिताको फाईनल खेल सोमबार बिहान ७ बजेबाट हुने खेल संयोजक विकास कोईरालाले बताए ।
यी दुई टिम मध्य विजेताले १ लाख ५ हजार र उप विजेताले ५० हजार पुरस्कार पाउने छन् । सम्पन्न भैसकेको भलिबल छात्रा तर्फको खेलमा पन्चकन्या मावि खाल्टे प्रथम, धादिङबेसी स्थित एड्भान्स एकेडेमी द्वितिय, प्रकाश मावि तृतिय र धादिङ बोर्डिङ सान्तोना भएको थियो भने छात्र तर्फ छात्र भलिबल प्रतियोगितामा धादिङ बोर्डिङ प्रथम, पशुपति मावि साँङ्कोष द्वितिय, नीलकण्ठ मावि तृतिय र एड्भान्स एकेडेमी सान्तोना भएका थिए भलिबलमा बिजेता प्रथम, द्वितिय, तृतिय र सान्तोना टिमले क्रमस ४० हजार, ३० हजार, २०हजार र १० हजार पाउने आयोजकले घोषणा गरि सकेको छ ।
पुरस्कार सोमबार साँझ ५ बजे न्यू किबो बोर्डिङमा हुने एक समारोहका बीच वितरण गरिने आयोजकले जनाएको छ ।

