
धादिङबेसी जेष्ठ २५ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले आफ्ना अभिभावकहरुलाई शिक्षण सिकाइ र अभिभावककाे जिम्मेवारी सम्बन्धी अभिमुखिकरण गराएको छ ।
धादिङबेसी पुच्छार बजार स्थित एड्भान्स एकेडेमीले प्ले ग्रुप देखि कक्षा यु केजि सम्म अध्ययन गर्ने विद्यार्थीका अभिभावकहरुलाई साे अभिमुखिकरण गराएको हो ।
विश्वव्यापी शिक्षण विधिलाई हामीले कार्यान्वयन गर्न जोड गरि रहेका छौं, विद्यार्थीको रुचि अनुसार सिकाउने हाम्रो विशेषता हो, त्यहि अनुसार गुणस्तरीय शिक्षाका लागि अभिभावहरु समेत लाग्नु पर्ने भएकोले अभिभावहरुलाई अभिमुखीकरण कार्यक्रम राखिएको सहायक प्रधानाध्यापक रामकुमार श्रेष्ठले धादिङपोष्टलाई बताए ।
श्रेष्ठका अनुसार यसै शैक्षिक सत्र देखि एड्भान्समा carrier training foundation (CTF) को सहकार्यमा पुर्व प्राथमिक तहका कक्षाहरुमा विद्यार्थीको सिर्जनशिलता उजागर गर्ने विविध गतिविधिहरु समेत सन्चालन भइरहेको छ ।
अभिभावक अभिमुखिकरण कार्यक्रमका प्रमुख प्रशिक्षक एवम् CTF का निर्देशक राजेन्द्र दाहालले अभिभावकरुले विद्यार्थीको मनोविज्ञान आवश्यक रहेको उल्लेख गरेका थिए । पढ्नु र लेख्नु मात्रै सिकाइ हो, भनेर अभिभावकले बुझ्नु हुदैन, खेलकुद, अतिरिक्त कृयाकलाप, विविध सीप र संस्कारको ज्ञान पनि सिकाइ नै हो । यसमा अभिभावक सचेत हुनुपर्ने दाहालले जोडदिएका थिए । अर्का वक्ता CTF का प्रशिक्षक प्रतिमा लामाले शिक्षकहरुले कक्षा कोठामा गराउने अभ्यास उपस्थित अभिभावकहरुलाइ गराउदै विद्यालयमा विद्यार्थीले सिकेका हरेक गतिविधिहरुमा अभिभावक पनि सकृय हुनु पर्नेमा जोड दिएकी थिईन् । (धादिङपोष्टका लागि तस्विर सौजन्य राम कुमार श्रेष्ठ)


