शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया

Avatar photo
Dhadingpost
जेष्ठ २४, २०७६

धादिङ जेष्ठ २४ । गजुरी गाउँपालिका १ स्थित पातलीनि आधारभुत बिद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यालयले शुक्रबार बिद्यालय व्यवस्थापन समिति, अभिभावक, बालकल्ब र शिक्षकहरू बीच बिद्यालयको शैक्षिक गुणस्तर सुधारका पक्षमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा बिद्यालयमा बालबालिकाको नियमिता, अभिभावक र बिद्यालय व्यवस्थापन समितिको बालबालिका र बिद्यालय प्रतिको काम, कर्तव्य र दायित्व, शिक्षकहरू बालबालिका र अभिभावक प्रतिको दायित्व, बालबालिकाहरुको कक्षागत र बिषयगत शैक्षिक उपलब्धिको बिश्लेशण र बृद्धिका लागि गर्नु पर्ने कार्यहरु लगायतका विषयहरु अन्तरक्रियमा उठाईएको थियो ।

बालमैत्री वातावरण, बालबालिकालाई घरमा पढाईमा सहजिकरण, समय समयमा बिद्यालय गई बालबालिकाहरुको पढाइ बारेमा जानकारी लिनु पर्ने, बिद्यालय पठाउँदा शैक्षिक सामग्री, खाजाको व्यवस्था गरि समयम नै बिद्यालय पठाउने, दैनिक रुपमा हाजिरी गर्दा शैक्षिक क्रियाकलापसँग मेलखाने बिषय समावेश गरेर गर्ने, हरेक त्रैमासिक परिक्षा पछि हरेक बालबालिकाको लब्दाङपत्र हरेक अभिभावकसम्म पुर्याई सोको उपलब्धिकाको बारेमा कक्षा शिक्षक, अभिभावक बिद्यालय व्यवस्थापन समिति बिच छलफल गरि सुधारको योजना निर्माण गरि कार्यान्वयन गर्ने लगायतका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद ढु्गानाको अध्यक्षतामा भएको कार्यक्रममा ६९ जना अभिभावकहरुको उपस्थिति रहेको थियोे ।