धुँवाकोट घटनाः बुबाद्वारा छोरीलाई खुर्पा प्रहार

Avatar photo
Dhadingpost
जेष्ठ २१, २०७६

धादिङ जेष्ठ २१ । धादिङको नीलकण्ठ नगरपालिका स्थित धुवाँकोट अम्बोटेमा आफ्नै बुबाले खुर्पा प्रहार गर्दा कक्षा ८ मा पढ्ने सुनिता वस्ती सस्त घाईते भएकी छिन् ।

नागरिकता बनाउन बुबा बलराम वस्तीले नै बोलाए पछि हेटौडामै रोजगारी गर्दै आएकी आमा सँगै बसेर पढ्दै गरेकी सुनिता सोमबार साँझ आमा सँग धुवाँकोट घर आएकी थिईन् ।

प्रत्यक्ष दर्शीका अनुसार आमा/छोरी साँझ ५ बजे नै घर आईपुगे पनि घरमा बुबा थिएन्, बुबा चाहि घाँसको भारी बोकेर साँझ ८ बजे तिर घर आईपुगेका थिए । सामान्य वादविवाद भएपछि बलराम वस्तीले छोरीलाई खुपार्ले हानेको स्थानिय प्रत्यक्षदर्शीले बताए ।

घाईते सुनिता वस्तीको काठमाडौ स्थित टिचिङ हस्पिटलमा उपचारत छिन् । घाईतेलाई भेटर फर्किएका बासुदेव भट्ट भन्छन्, चोट हेर्दा चाहिँ धारिलो हतियार नै प्रहार भएको देख्न सकिन्छ तर अहिले उनी खतरा मुक्त छिन् ।

छोरीलाई खुर्पा प्रहार गर्ने बुबा बलराम वस्तीलाई अनुशन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको बताईएको छ ।