पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड बन्द

Avatar photo
Dhadingpost
जेष्ठ १६, २०७६

धादिङ जेष्ठ १६ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन सडकखण्डमा आज (विहिबार) देखि १४ दिनसम्म दैनिक ९ घण्टा यातायात बन्द हुने भएको छ ।

मुग्लिनबाट तनहुँ जोड्ने निर्माणाधीन नयाँ पुलको दुवैतर्फको सडक सतहमा टेवा पर्खाल लगाउने तथा सडक कालोपत्रे गर्नुपर्ने भएकाले दिउँसो ४ घण्टा र राति ५ घण्टा सडक बन्द गर्न लागिएको पुल योजना मध्यक्षेत्र सेक्टरले जनाएको छ ।

सेक्टरका अनुसारका बिहीबारदेखि आउँदो ३० गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

यो सडकखण्ड दैनिक ९ घण्टा बन्द हुँदा पोखरा, गोरखालगायत गण्डकी प्रदेशमा ओहोरदोहोर गर्ने यात्रुलाई समस्या भए पनि नारायणगढ–मुग्लिन सडकखण्डमा भने यसको असर नपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।