
काठमाडौं, जेठ १२ । काठमाडौंको विभिन्न ठाउँहरुमा आइतबार झण्डै एकै समयमा बम विस्फोट हुँदा ३ जनाको मृत्यू भएको छ भने ७ जना घाइते भएका छन् ।
विष्फोटमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का, अनामनगर विष्फोटमा परेर लोकमञ्जरी कार्कीको र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जनको मृत्यु भएको हो ।
काठमाडौ स्थित सुकेधारा र अनामनगर घट्टेकुलोमा झण्डै एकै समयमा बम विस्फोट भएको थियो ।
घट्टेकुलोमा भएको विस्फोटमा एक जना र सुकेधारामा एक जनाको मृत्यु भएको छ । घट्टेकुलोमा एउटा घरको कोठाभित्र सिलिण्डर विस्फोट भएको छ भने सुकेधारामा सटरभित्र विस्फोट भएको थियो ।
