लायन्स क्लब्सद्वारा धादिङमा छात्रबृत्ति बितरण

Avatar photo
Dhadingpost
जेष्ठ १२, २०७६

धादिङ जेष्ठ १२ । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि १ ले सञ्चालन गरेको पढाऔं अभियान अन्र्तगत धादिङमा गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण गरेको छ ।

धादिङबेसीमा एक कार्यक्रमको आयोजना गर्दै क्लब्सले ‘लायन्स शिक्षा कोष’ मार्फत पाँच जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई छात्रबृत्ति बितरण हो ।

छात्रबृत्ति पाउनेमा सल्यानटार माध्यामिक बिद्यालयमा अध्ययनरत संगिता परियार र नितु परियार रहेका छन् ।

यस्तै कालिका आधारभुत बिद्यालय नीलकण्ठ खाल्टेका विद्यार्थी द्वय सुनिता श्रेष्ठ र रेश्मा बयलकोटी, जाल्पादेवी आधारभुत बिद्यालय सिद्धलेकका विमल खतिवडा र पञ्चकन्या आधारभुत बिद्यालय खाल्टेका विद्यार्थी निर्माण आले मगर, जेनिशा भुजेल रहेका छन् ।