
धादिङ जेष्ठ ११ । नेपाली कांग्रेसको हिमाल–पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियानको जारी छ।
राष्ट्रिय जागरण अभियान अन्तर्गत काँग्रेसले धादिङमा आज जेठ ११ गते ११ वटा स्थानीय तहमा पालिकास्तरीय आमसभा गर्ने भएको छ ।
जिल्लाका विभिन्न नेताहरुले सम्बोधन गर्ने ११ वटा आमसभा निम्न स्थानमा हुने छन् ।
१ खनियावास गाउँपालिका-दार्खा, चौकीटोल
२ त्रिपुरासुन्दरी गाउँपालिका- सल्यानटार, बगैचा
३ नेत्रावती डबजोङ- सेमजोङ, तिखाढुङ्गा बसपार्क
४ ज्वालामुखी गाउँपालिका- साँधभञ्ज्याङ्
५ नीलकण्ठ नगरपालिका- बीपी स्मृति भवन, धादिङबेसी
६ सिद्धलेक गाउँपालिका- बुङचुङ
७ बेनिघाट रोराङ गाउँपालिका- विशालटार
८ गजुरी गाउँपालिका- स्रोत केन्द्र भवन प्राङ्गण, गजुरी
९ गल्छी गाउँपालिका- छाँगेश्वर मन्दिर प्राङ्गण, गल्छी
१० थाक्रे गाउँपालिका- महादेववेसी
११ धुनिबेसी नगरपालिका- डुडेभञ्ज्याङ्

