
धादिङ जेष्ठ ८ । नेपाल सरकारले २०७४ जेठ ८ गते भलिबल खेललाई राष्ट्रिय खेल घोषित गरे देखि हरेक जेठ ८ गतेलाई भलिबल दिवस मनाउने गरिएको छ ।
अज देशभरका भलिबल सँग आवद्ध क्लव, संघ संस्थाहरुले भलिबल दिवसको कार्यक्रम गर्दैछन् । भने भलिबलका खेलाडीहरुले सामाजिक संजालमा भलिबल डे भनेर शुभकामना दिई रहेका छन् ।
यसै गरि भलिबल दिवस मनाउने क्रममा नेपाल भलिबल संघलेका पदाधिकारी, मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी लगायत एपीएफ र न्यु डायमन्डका खेलाडीले बेलुन उडाएर सेलेब्रेसन गरेका छन् ।
यस्तै एपीएफ र न्यु डायमन्डका बीच सेलेब्रेसन खेल पनि हुने कार्यक्रम रहेको छ ।

