नेकपा धादिङको जिल्ला सदस्यहरुको नामावली

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०७६

धादिङ जेष्ठ ७ । दुई ठुला कम्युनिष्ट पार्टीहरु (एमाले र माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को १४५ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

निकै रस्सा कस्सीका बीच चयन गरिएको १४५ जना जिल्ला कमिटि धादिङका सदस्यहरुलाई प्रदेश इन्चार्ज अस्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले मंगलबार शपथ खुवाए ।

शपथ खुवाउनु भन्दा पहिला बसेको पूर्व दुई दलको मिटिङमा सहभागि भएका पोलिटब्यूरो सदस्य द्वय राजेन्द्र पाण्डे र गंगालाल तुलाधर, गुरु वुर्लाकोटी लगायतका नेताहरु शपथ कार्यक्रममा उपस्थित भएनन् ।

शपथ ग्रहण कार्यक्रम भन्दा पहिला भएको वैठकमा राजेन्द्र पाण्डे र गंगालाल तुलाधर, पुष्पविक्रम मल्ल, रामबहादुर भण्डारी लगायतका नेताहरुले पूर्व सचिवालय सदस्य समेत जिल्ला सदस्यमा नपर्ने गरि जिल्ला कमिटी बनेको भन्दै आक्रोस व्यक्त गरेका थिए असहमतिका बीच शपथ खुवाईएकाले ति नेताहरु कार्यक्रममा सहभागि नभएको हुन सक्ने एक नेताले बताए ।

नेकपा धादिङ जिल्ला कमिटी एक सय ४५ सदस्यिय रहेको छ । जिल्ला कमिटिमा साविकको नेकपा एमालेका ८० जना र माओवादी केन्द्रबाट र ६५ जना परेका छन । नामावली स्रोतः धादिङ न्यूज

यी हुन् जिल्ला कमिटी सदस्यहरु