धादिङ बन्दले सर्वसाधरणलाई सास्ती अधिकाँस बस रिजर्भ

Avatar photo
Dhadingpost
जेष्ठ ६, २०७६

धादिङ जेष्ठ ६ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको धादिङ बन्दले सर्वसाधरणहरु मर्कामा परेका छन ।

बिहानै देखि धादिङबेसीका बजारहरु खुलेका छैनन् भने यातायातका साधनहरु समेत सर्वसाधरणको पहुचभन्दा बाहिर गएको छ ।धादिङबेसीबाट चल्ने सबै जसो बसहरु मासटारमा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रमको लागि रिजर्भ गरिएको छ ।

प्रधानमन्त्री आउने कार्यक्रमका लागि धादिङबेसी र दक्षिणी क्षेत्रमा सबै गाडीहरु रिजर्भ छ भन्दै बसहरु रिजर्भ गरिएको क्षेत्र तर्फ गएका छन् भने गन्तव्यको लागि बसको पर्खाईमा रहेका यात्रुहरुलाई बन्दले पभाव परेको देखिन्छ ।