ह्वासिन सिमेन्टले खनेको खाडलमा परि बालकको मृत्यू

Avatar photo
Dhadingpost
जेष्ठ ५, २०७६

धादिङ जेठ ५ । धादिङको बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधिन ह्वासिन सिमेन्ट नारायणी प्रा।लीको लापरबाहीले एक बालकको मृत्यु भएको छ ।

मलेखु खोला नै कब्जा गरी निर्माण भइरहेको विादित सिमेन्ट उद्योगले सडक निर्माणका क्रममा स्क्याभेटरले खनेको खाल्टोमा परी बालकको निधन भएको हो । निधन हुनेमा सिद्धलेख गाउँपालिका १ स्थायी घर भएका ८ वर्षिय केदार गिरी रहेका छन् ।

उद्योगले बेनिघाट रोराङ तर्फबाट मलेखु खोलाकै अस्तित्व सकिने गरी सडक निर्माण गरिरहेको छ । सोही सडक खण्डमा खनेको खाल्टोमा जमेको पानीमा परी गिरीको निधन भएको हो ।

स्थानिय जनजागृति आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययनरत मृतक बालकको परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि घटना मिलाइएको छ । स्थानियबासीले बालकको मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै आन्दोलन नै गरेका थिए । (तस्विरः केशव अधिकारी)