
धादिङ जेष्ठ ३ । नेकपा नेता एवम् संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मदन भण्डारी युगको आवश्यकतामा जन्मेका महान विचारक भएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङले आयोजना गरेकोे २६ औं मदन-आश्रित स्मृति दिवस समारोहमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले सो बताएका हुन् ।
मदन भण्डारीद्वारा प्रतिपादित जनताको बुहदलिय जनवाद (जवज) को माध्यमबाटै मालुक अहिलेको अवस्थामा आएको दावी गर्दै मन्त्री ज्ञवलीले दुई ठुला कम्युनिष्ट पार्टी बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि समाजवादमा पुग्ने विचार सहितको पार्टी भएको बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पोलिटब्यूरो सदस्य राजेन्द्र पाण्डेले पार्टी एकताको भाव कार्यकर्ता सम्म अझै जान नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । पाण्डेले जिल्ला अध्यक्षको भुमिकामा त्रिपाठी र जिल्ला सचिवको शालिक जि ले जिम्मेवारी पाउनु भएको छ, पार्टी कसरी अगाडी बढाउने सोचमा हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए ।
यस्तै अर्का पोलिटब्यूरो सदस्य गंगालाल तुलाधरले जिल्ला पार्टीका नेताहरुमा अझै गुटगत मानसिकताले घर गरेको बताउँदै, पार्टी बनाउने हो भने विचार र बहसलाई खुल्ला गर्दै सबै कमरेडहरुको एकताको पार्टी भएको अभास दिने गरि जिल्ला नेतृत्वले भुमिका निर्वाह गर्नु पर्ने बताएका थिए ।
जिल्ला अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन भने जिल्ला सचिव शालिकराम जमकट्टेलले गरेन् उनले पूर्व माओवादी केन्द्रका सचिव विजय बुर्लाकोटीलाई संचालन गर्न लगाएका थिए ।
पूर्व माओवादी केन्द्रका जिल्ला सहसचिव मनराज भण्डारीलाई बोल्न दिएको थियो तर जिल्ला उपाध्यक्ष जिउँदा सहिद भनेर चिनिने रामबहादुर भण्डारीलाई आयोजकले बोल्न नदिएपछि कार्यक्रमको बीच मै बाहिरीएका रामबहादुर भण्डारीले आफ्नो सामाजिक सन्जालबाट आक्रोस पोखेका छन् ।
भण्डारीले आफ्नो फेसबुकमा लेखेका छन्-
धादिङमा पूर्व ने. क. पा (माओवादी केन्द्र) लाई पेलेरै जाने दुष्प्रयास गरिएमा परिणाम गम्भीर हुनेछ ।
धादिङबेसी स्थित मदनआश्रित सभाहलमा भएको उक्त कार्यक्रममा नेकपा नेताहरु राजेन्द्र पाण्डे, गङ्गालाल तुलाधर, खेम प्रसाद लोहनी, गुरु बुर्लाकोटी, नेकपा धादिङका सचिव शालिकराम जम्कट्टेल लगायतको आतिथ्यता रहेको थियो भने नेता तथा कार्यकर्ताहरुको उलेख्य सहभागिता रहेको थियो । (फोटो सौजन्यः अर्जुन गोरखाली)

