
धादिङ जेष्ठ ३ । धादिङका तात्कालिन माले धादिङका नेताहरु मदन भण्डारी सँग बसेर खिचेको एक ऐतिहासिक फोटो सार्वजनिक भएको छ ।
नेकपा धादिङकी नेतृ एवम् ज्वालामुखि गाउँपालिका उप प्रमुख जानुका सिंखडाले ०४९ सालमा धादिङका नेताहरुले मदन भण्डारी सँग बसेर सामुहिक खिचाएको फोटो आफ्नो सामाजिक सन्जालमा पोष्ट गर्दै सार्वजनिक गरेकी हुन् ।
२०४९ साल माघमा भएको नेकपा मालेको पाचौँ महाधिवेसन सहभागि भएका धादिङका नेताहरु सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, जगननाथ नेपाल, गुरु बुर्लाकोटी, जानुका सिंखडा, उत्तम कडेल लगायत नेताहरुले मदन भण्डारी सँग सामुहिक तस्वीर खिचाएको फोटोमा देख्न सकिन्छ ।
मदन आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारीलाई स्मरण गर्दै नेतृ जानुका सिंखडाले फोटो पोष्ट गर्दै आफ्नो फोसबुकमा लेखिकी छिन् । २०४९ साल माघमा भएको नेकपा मालेको पाचौँ महाधिवेसनमा मदन कमरेड हामी धादिङबाट जाने प्रतिनिधि कमरेडहरुको साथमा बसेर खिचेको फोटो, यो भेट नै मेरो वहासँगको अन्तिम भेट थियो । (फोटो सौजन्यः जानुका सिंखडा)

