
धादिङ जेष्ठ २ । नेकपा धादिङले जेठ ३ गते आयोजना गरेकोे मदन-आश्रित स्मृति दिबसमा नेकपा नेता एवम् संघीय सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आउने भएका छन् ।
धादिङबेसि स्थित मदन-आश्रित स्मृति भवनमा हुने २६ औं मदन-आश्रीत स्मृति दिबस कार्यक्रमकामा परराष्ट्रमन्त्री ज्ञवाली प्रमुख अतिथिका रुपमा आउने भएका हुन् ।
पूर्व एमाले र पूर्व माओवादी केन्द्र बीच एकता भएर नेकपा धादिङ जिल्लाको अध्यक्ष बनेका भुमि त्रिपाठीको यो पहिलो कार्यक्रम हो ।
०५० साल जेठ ३ गते दासढुंगामा भएको जीप रहस्यमय दुर्घटनामा मदन आश्रितको निधन भएको थियो । उक्त घटना घटेको २६ वर्ष पुरा हुने दिन जेष्ठ ३ गते दुई ठुला पार्टीहरु मिलेर बनेको नेकपाले धादिङबेसीमा भव्य रुपमा मदन-आश्रित दिवस परराष्ट्रमन्त्री ज्ञवाली प्रमुख
आतिथ्यतामा मनाउने तयारी गरेका हुन् ।

