धादिङको विपी गाउँमा मेयर उद्यमशिल तालिम

Avatar photo
Dhadingpost
जेष्ठ २, २०७६

धादिङ जेष्ठ २ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १३ साँङ्कोस विपी गाउँमा मेयर उद्यमशिल तालिम सम्पन्न भएको छ ।

नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्या मेयर उद्यमसशल विकास कार्यक्रम अन्तर्गत ब्यवसाय सचेतना तालिम सम्पन्न भएको हो ।

मधुबन आज विपी गाउँको रुपमा परिचित भैसकेको बताउँदै नगर प्रमुख ढुङ्गानाले यसलाई आन्तरिक तथा वाह्य पर्यटकलाई समेत अवलोकनको लागी आउनै पर्ने गन्तव्यका रुपमा विकास गरिने बताएका थिए ।

सात दिन सम्म चलेको तालिममा उद्यमी कसरी बन्ने, व्यवसायीक प्लान कसरी बनाउने भन्ने सिकाईएको र दास्रो चरणमा कस्तो उद्योग व्यवसाय संचालन गर्ने हो त्यहि व्यवसाय सम्बन्धी तालिम दिईने प्रशिक्षक सम्झना भण्डारीले बताईन् ।