
अमृत तामाङ
धादिङ बैशाख २९ । उपराष्ट्रपति चिल्ड्रेन गेमकाे जिल्ला स्तरीय छनोट प्रतियाेगिता सम्पन्न भएकाे छ ।
धादिङबेसीमा बैशाख २८ र २९ गते संचालन भएकाे कक्षा ८ सम्म अध्ययनरत बीच गराईएकाे उपराष्ट्रपति चिल्ड्रेन गेम आईतबार सम्पन्न भएकाे हाे ।

जिल्ला खेलकुद विकास समितिले प्रदेश स्तरीय तेक्वान्दो प्रतियाेगिताकाे लागि छनाैट गरेकाे यस खेलमा छात्रा तर्फ २९-३२ केजीमा न्यु किबो बोर्डिङबाट पुर्णिामा केसि छनाैट भएकी छिन् ।
यस्तै ३२-३५ केजीमा एड्भान्स एकेडेमीबाट एलिसा तामाङ, ३५-३८ केजी एडभान्स एकेडेमीबाटै रेबिका तामाङ र छात्र तर्फ ३२-३५ केजी तर्फ पनि एड्भान्स एकेडेमी कै सगर घले छनाैट भएका छन् ।

त्यस्तै ३५ -३८ कोलोमा न्यु किबो बोर्डिङका प्रज्मन रेग्मी, ३८-४१ किलोमा निलकण्ठ मा. बि. का दिल बहादुर थापा मगर छनोट भएका छन् ।
छनाैट यी विद्यार्थीहरुले ३ नंम्बर प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् ।

