नेकपा पार्टी कार्यालय बनाउन जग्गा दान

Avatar photo
Dhadingpost
बैशाख २९, २०७६

धादिङ बैशाख २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १ को कार्यालय निमार्णका लागि गणेश गुरुङले ४ आना जग्गा पार्टीलाई दिईएको घोषणा गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङ नीलकण्ठ नगरपालिका वडा नम्बर १ को कार्यालय उद्घाटन, गोविन्द सिंखडा स्मृति दिवस एवम् राजनैतिक प्रशिक्षण कार्यक्रममा गुरुङले कार्यालय निमार्णको लागि ४ आना जग्गा नि:शुल्क दिने घोषणा गरेका हुन् ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बने सँगै पार्टीको नाममा जग्गा दिने गणेश गुरुङ पहिलो व्यक्ति भएको उद्घोष गर्दै नेकपा धादिङका नेता रामबहादुर भण्डारीले सम्मान गरका थिए ।

प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि रामबहादुर भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नत एमाले हो, नत माओवादी केन्द्र यो विल्कुल नयाँ र उर्जाशिल पार्टी हो । हामी यो पार्टीबाट आएको भन्ने मानशिकताबाट माथि उठेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउन लाग्नु पर्ने कार्यकर्ताहरुलाई बताएका थिए ।

शेरबहादुर गुरुङको अध्यक्षतामा शनिबार भएको नीलकण्ठ नगरपालिका वडा नं. १ धुसेनीको उक्त कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उप प्रमुख मनराज भण्डारी, शंकर अधिकारी, वडा अध्यक्ष गणेश गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।