धादिङबाट नेकपाको पोलिटब्युरोमा ३ जना, सबै पूर्व एमालेबाट

Avatar photo
Dhadingpost
बैशाख २७, २०७६

धादिङ बैशाख २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाएको छ, जसमा धादिङ जिल्लाबाट ३ जना परेका छन् ।

तत्कालीन एमाले र माओवादी दुबैको गरि १४७ जना पोलिटब्युरो मध्य धादिङबाट परेका ३ जना नै पूर्व एमालेबाट हुन् ।

पूर्व माओवादी केन्द्रको तर्फबाट धादिङका पुष्पविक्रम मल्ल पर्ने हल्ला भएपनि छनौट मापदण्डमा पर्न सकेनन् । पूर्व एमालेबाट राजेन्द्र पाण्डे, डा. पुष्प कँडेल र डा. गंगालाल तुलाधर पोलिटब्युरोमा परेका हुन् ।

पोलिटब्युरोमा पूर्व एमालेबाट को को ?

पूर्व एमालेबाट केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र बिष्णु पौडेल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,घनश्याम भुसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरुङ, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, रघुवीर महासेठ, रघुजी पन्त, बेदुराम भुसाल र बिष्णु रिमाल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

अनुशासन आयोग, सल्लाहकार परिषद र लेखापरीक्षण आयोगका अध्यक्षहरु अमृत बोहोरा, केशव बडाल र पुष्प कँडेल पनि स्वतः पोलिटव्यूरो सदस्य हुनेछन् ।

तत्कालीन एमालेको पोलिटव्यूरो सदस्य रहेका प्रदीप नेपाल, शेरधन राई, काशिनाथ अधिकारी, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, परशुराम मेघी गुरुङ, सोमनाथ प्यासी, अरुण नेपाल, पशुपति चौलागाई, विन्दा पाण्डे, भानुभक्त ढकाल, महेन्द्रवहादुर पाण्डे, यमलाल कँडेल, राधा ज्ञवाली, रामप्रित पासवान, लालबाबु पण्डित, बिजय पौडेल, श्रीमाया थकाली, कर्णवहादुर थापा, गोकुल घर्ती, गोरखवहादुर बोगटी, गौरा कोइराला, जगत विश्वकर्मा, जगन्नाथ खतिवडा, तुलवहादुर गुरुङ, दलवहादुर राना, वंशीधर मिश्र, भागवत विश्वासी, युवराज कार्की, योगनारायण यादव, सत्रुघन महतो पोलिटव्यूरो सदस्य हुनेछन् ।

यी बाहेक पूर्वएमालेबाट बढीमा २३ जना सदस्य थपिनेछन् । जसमा घनेन्द्र बस्नेत, केदार न्यौपाने, देवराज घिमिरे, नरेश खरेल, खगराज अघिकारी, कृष्णगोपाल श्रेष्ठ र धर्मनाथ साह, कृष्णगोपाल श्रेष्ठ,गुरु बराल,भानुभक्त जोशी,बिजय सुब्बा, केशवलाल श्रेष्ठ, रामचन्द्र यादव, शेरवहादुर तामाङ, राजेन्द्र राई, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, जयन्ती राई, चूणामणि जंगली विश्वकर्मा, सुशीला नेपाल लगायतको नाम पनि पेश भएको छ ।

स्रोतका अनुसार डा. राजन भट्टराई, खिमलाल भट्टराई, सोमप्रसाद पाण्डे, गोमा देवकोटा, श्रीप्रसाद साह, चन्द्रवहादुर शाही, सुजिता शक्य, नजिर मिया लगायतका नेताहरुको नाममा पनि छलफल भएको छ ।

पूर्व माओवादीबाट को को ?

प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामवहादुर थापाा बदल, टोपवहादुर रायमाझी, अमिक शेरचन, वर्षमान पुन, गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, देव गुरुङ, गणेश शाह, पम्फा भुसाल, लिलामणी पोखरेल, मातृका यादव, अग्नि सापकोटा, ओनसरी घर्ती, लेखराज भट्ट, शक्ति बस्नेत, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, राम कार्की, हितमान शाक्य, चक्रपाणि खनाल, मणि थापा, जयपुरी घर्ती, नारायण शर्मा, कुलप्रसाद केसी, जयपुरी घर्ती, दीनानाथ शर्मा र तिलक परियार, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, श्रीराम ढकाल, उर्मिला अर्याल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, नारायण दाहाल, पासाङ शेर्पा, परशुराम तामाङ, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कमला रोक्का, झक्कु सुवेदी, सुरेश आलेमगर, महेश्वर दाहाल, सुर्य सुवेदी पथिक, अमृता थापा, कमल चौलागाई पोलिटव्यूरो सदस्य हुने छन् ।

कालिबहादुर मल्ल, जोखबहादुर महरा, गणेशमान पुन, हरिराज अधिकारी, टंक आङ्बुहाङ, सुरेशुकमार राई, महेश्वर गहतराज, अञ्जना विशंखे, कृष्णध्वज खड्का, शिवकुमार मण्डल लगायतका नेता तत्कालीन माओवादीबाट पोलिटब्यूरो सदस्य बन्दैछन् ।

पोलिटब्युरोमा तत्कालीन एमाले र माओवादीको कोटामा परेका सदस्यहरुको नाम टुंगो लागे पनि अध्यक्ष केपी शर्मा स्वदेश फर्किएपछि सचिवालय बैठक बसेर पोलिटव्यूरो सदस्यहरुको नाम लिष्ट पारित हुने बताईएको छ ।