
धादिङ बैशाख २७ । आयोजकले तय गरेको समय भन्दा पाँच घण्टा ढिलो गरी धादिङबेसी आएका पुर्व प्रधानमन्त्री एवं नेपाली काङग्रेसका सभापति शेर बहादुर देउवाले प्राविधिक शिक्षालाई जोड दिनु पर्ने बताएका छन् ।
राष्ट्रिय पुनरनिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई Japanese Fund For Poverty reduction को अनुदान र Asian Development Bank को सहयोगमा बनेको धादिङ जिल्लाको पहिलो नमुना विद्यालय नीलकण्ठ माद्यमिक विद्यालयको नवनिर्मित ३६ कोठे भवन उद्घाटन र हस्तानतण गर्न आएका देउवाले अब प्राविधिक शिक्षालाई जोड दिनु पर्ने बताएका हुन् ।
जिल्लाकै पहिलो नमुना विद्यालयको रुपमा छनौट भएको यस नीलकण्ठ माविमा हाल नेपाली र अंग्रेजी दुवै माध्यमबाट पढाइ हुँदै आएको छ । यस विद्यालयले अंग्रेजी माध्यममा पढ्ने विद्यार्थी सँग शुल्क लिने गरेको विषयले भने नि:शुल्क शिक्षालाई खिल्ली उडाएको देखिन्छ ।

