र्‍याफ्टिङ वर्ल्डकपमा भाग लिन नेपाली टोली अष्ट्रेलिया प्रस्थान

Avatar photo
Dhadingpost
बैशाख २४, २०७६

अमृत तामाङ
धादिङ बैशाख २४ ।
विश्व र्‍याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली मंगलवार अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ ।

यही वैशाख ३० देखि हुने ‘र्‍याफ्टिङ वर्ल्डकपमा सहभागी हुन नेपाली टोली अष्ट्रेलिया प्रस्थान गरेको हो ।

प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टीम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा सुरज गुरुङका अनुसार, नेपाली टोलीले २५० मिटरको स्प्रिन्ट, ३५० मिटरको हेड टु हेड, ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ । नेपालले जेठ २ गते स्प्रिन्ट, ३ गते हेड टु हेड, ४ गते स्लालम र ५ गते डाउन रिभर रेसमा सहभागिता जनाउनेछ ।