
धादिङ बैशाख २० । धादिङको पृथ्वीराजमार्ग खण्डमा दैनिक जसो विभिन्न घटना हुने गरेकोले स्थानियहरुले राजमार्ग असुरक्षित बन्दै गएको बताएका छन् ।
आज १५ जना यात्रु बोकेर काठमाडौबाट चितवन जाँदै गरेको माइक्रोबस थाँक्रे २ सिम्लेको एक पसल भित्र छिरेको छ ।
तिब्र गतिमा हुँकिएको माइक्रोबसको चालकले बस कन्ट्रोल गर्न नसक्दा बेबीकोट फुड प्राइभेट लिमिटेडको सटर भित्र छिरेको हो ।
बा.३ ख.१९६१ को उक्त माइक्रोबस सटर भित्र छिरे पनि पसलमा रहेका मानिसलाई भने केहि नभएको स्थानिय राजु थापाले धादिङपोष्टलाई बताए । (धादिङपोष्टको लागि फोटो राजु थापा)

