चक्रवाती तुफान अबको केहि घण्टामा भारत, बंगालादेश हुँदै नेपाल सम्म आईपुग्ने

Avatar photo
Dhadingpost
बैशाख २०, २०७६

काठमाडौं बैशाख २० । बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानी केही घण्टापछि भारतको ओडिशा राज्यको तटीय क्षेत्र पुरीमा आइपुग्ने विभिन्न स्रोतहरुलाई उल्लेख गर्दै भारतिय मिडियाले उल्लेख गरेका छन् ।

फानी आँधीका कारण त्यस क्षेत्रमा वर्षा सुरु भैसकेको छ । तटीय क्षेत्रका झण्डै ११ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

जल सेना र कोस्ट गार्डलाई सम्भावित घटनालाई कम गर्न अलर्ट अवस्थामा राखिएको बीबीसीले जनाएको छ । मौसम विभागका अनुसार यो प्रणाली ओड़ीसा को तटीय क्षेत्र मा भित्रिने ९ीबलमाबिि० सम्भावना देखिन्छ । त्यसपश्चात यो प्रणाली फेरि उत्तर( पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने छ ।

मौसम विभागका अनुसार चक्रवात फानीको गति १७५ किलोमिटर प्रतिघण्टादेखि १८५ किलोमिटर प्रतिघण्टासम्म हुन सक्नेछ । यसका कारण समुद्रमा झण्डै डेढ मिटरसम्म छाल आउन सक्नेछ । पुरीको तटीय क्षेत्रमा ठोक्किएपछि यो चक्रवात ओडिशाकै खुर्दा, कटक, जगतसिंहपुर, केन्द्रपाडा, जाजपुर, भद्रक, बालेश्वर जिल्ला हुँदै पश्चिम बंगालतर्फ बढ्नेछ ।

त्यसपछि यसले बंगलादेशका केही भागमा समेत प्रभाव पार्नेछ । यसको प्रभाव नेपालका हिमाली भेगमा समेत पर्ने नेपाली मौसमविदहरुले जनाएका छन् । मौसमविदहरुका अनुसार जमिनको सम्पर्कमा आएपछि यो चक्रवातको तीव्रता कम हुनेछ ।

ओडिशामा सम्भावित खतरालाई मध्यनजर गर्दै एक सयभन्दा बढी रेल रद्द गरिएको छ । त्यस्तै बिहीबार रातिदेखि भुवनेश्वर विमानस्थलबाट २४ घण्टाका लागि सबै उडान रद्द गरिएको छ ।