
धादिङ गजुरी बैशाख १९ । बिपद जोखिम सम्पर्क शिक्षकहरूको लागि एक दिने अभिमुखिकरण सम्पन्न गरिएको ।
बिद्यालयलाई विभिन्न प्रकार बिपदको जोखिममाबाट सुरक्षित गर्न गजुरी गाउँपालिकाका १० बिद्यालयमा पुर्व तयारी तथा सचेतनामुलक अभियान संचालन पूर्व उक्त अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
गुजुरी गाउँपालिका शिक्षा शाखा, बिद्यालय र प्रयास नेपाल धादिङको समन्वयमा आसमान नेपालले कार्यक्रम संचालन गर्न लागिएको हो ।
कार्यक्रम शुरुवात सम्बन्धि १ दिने अभिमुखिकरण गरि बिद्यालयमा विभिन्न किसिमको बिपदबाट न्युनिकरणको लागि गर्नु पर्ने पुर्व तयारी तथा सचेतना र अभ्यास, प्राथमिक उपचार लगायतका बिषयमा बृहत बिद्यालय सुरक्षाका पक्षहरुमा शिक्षक, बालक्लब, बिद्यालय व्यवस्थापन समिति र समुदायका व्यक्तहरुलाई पुर्व तयारी र बिपद पश्चातको सावधानी सम्बन्धि क्षमता बिकासमा सहयोग हुने कार्यक्रम संयोजक उषा बिकले जानकारी दिईन् ।
गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको अध्यक्षता ८ वटै वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत युवराज अर्याल, १० वटै विद्यालयका प्रअ र बिपद जोखिम सम्पर्क शिक्षकहरूको सहभागीतामा हालै एक दिने अभिमुखिकरण सम्पन्न गरिएको हो ।
