धादिङबेसीमा १३० औँ मजदुर दिवस मनाईयो

Avatar photo
Dhadingpost
बैशाख १८, २०७६

धादिङ बैशाख १८ । धादिङबेसीमा विविध कार्यक्रमका साथ १३० औँ मजदुर दिवस मनाईएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङ र नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन धादिङकोे संयुक्त आयोजनामा धादिङबेसीमा र्याली निकालीएको थियो भने धादिङबेसी स्थित ग्लोरियस कलेज अफ इन्फरमेशन टेक्नोलोजीका विद्यार्थीहरुले समेत र्याली निकालेका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ धादिङ र नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन धादिङकोे रुयाली तथा शुभकामना आदान प्रदान कार्यक्रममा नेकपा नेताहरु गुरु प्रसाद बुर्लाकोटी, राम बहादुर भण्डारी, खेमलोहनी लगायतको आतिथ्यता रहेको थियो ।