भीषण आक्रमणपछि श्रीलङ्कामा बुर्का प्रतिबन्ध

Avatar photo
Dhadingpost
बैशाख १७, २०७६

एजेन्सी वैशाख १७ । श्रीलङ्कामा गत साता भएका शृङ्खलाबद्ध आत्मघाती विस्फोटनपछि सरकारले अनुहार छोपिने खाले सबै प्रकारको कपडा लगाउनको लागि प्रतिबन्ध लगाएको छ ।

तीन चर्च र तीन होटलमा भएका आतङ्ककारी आक्रमणपछि २ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि अनुहार छोप्ने बुर्का लगाउन सरकारले प्रतिबन्ध हो ।

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राष्ट्रिय सुरक्षाका लागि आकस्मिक उपायहरू अपनाइएको बताएका छन् । यस बुर्का प्रतिबन्धलाई पनि आकस्मिक उपाय मध्येको एक भएको बताइएको छ ।

अनुहार छोप्ने यस परिहरको प्रतिबन्ध लगाउने सरकारको यो घोषणामा मुस्लिम महिलाहरूले लगाउने बुर्का वा ’निकाब’बारे प्रस्ट उल्लेख छैन, तर यो उनीहरूप्रति नै लक्षित छ भन्ने स्पष्ट देखिन्छ ।

श्रीलङ्कामा धेरै मुस्लिम महिलाहरूले अनुहार छोपिने खालका पहिरन लगाउँदैनन्, तर पछिल्ला वर्षहरूमा भने अनुहार ढाक्ने पहिरनप्रति आकर्षण बढेको पाइन्छ ।

श्रीलङ्कामा अनुहार छोप्ने खालका परिहरनमा प्रतिबन्ध लगाउने माग गरिँदै आएको भएका तापनि गत अप्रिल २१ मा भएको भीषण आक्रमणहरुपछि यस्तो प्रतिबन्ध लगाउनुपर्ने माग बढेको थियो ।

इस्लामिक स्टेट्स आतङ्ककारी समूहले जिम्मा लिएको यस भीषण आक्रमणहरुमा परी २ सय ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५ सय भन्दाबढी घाइते भएका छन् ।

यस आतङ्ककारी आक्रमणमा परी करिब ४० विदेश नागरिकको पनि मृत्यु भएको छ । मारिएका ती विदेश नागरिकहरु भारत, डेनमार्क, चीन, टर्की, नेदरल्याण्ड र पोर्चुगलका रहेका थिए । इसाईहरूको पर्व इस्टरका दिन गिर्जाघर र होटलहरूमा बम विस्फोटन गराइएको थियो ।